काठमाडौं । यूएईमा रहेका नेपाली कामदारको न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । सरकारको राजपत्रमा प्रकाशित निर्णय अनुसार अब अदक्ष कामदारकै पारिश्रमिक एक हजार दिराम (खानासहितको भत्ता बाहेक) पुगेको छ ।
अर्धदक्ष कामदारको १२ सय दिराम र सोभन्दा माथि, दक्ष कामदारको १५ सय दिराम र सोभन्दा माथि तथा उच्चदक्ष कामदारको ६ हजार वा सोभन्दा माथि मासिक पारिश्रमिक तोकिएको छ । सबै कामदारले खाना खर्च बापत हरेक महिना चार सय दिराम पाउनेछन् ।
यसअघि अदक्ष कामदारलाई मासिक ८ सय दिराम तोकिएको थियो ।
अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन नपाउने राजपत्रमा उल्लेख छ । गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको सरकारले सोमबार राजपत्रमा प्रकाशन गरेपछि निर्णय कार्यान्वयनमा आएको हो ।













