काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनीलाई नियुक्त गरेका हुन्।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन भएको सिफारिस समितिले असार २३ गते तीन जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो। समितिले सिफारिस गरेको नाममा प्रा. डा. खड्ग केसी, प्रा. डा. विनिल अर्याल र डा.दीपक अर्याल थिए।
पूर्व उपकुलपति प्रा. डा. केशरजंग बरालले चैत २८ गते राजीनामा दिएपछि चैत ३१ गते प्रा. डा. खड्ग केसीलाई कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त गरिएको थियो। उनले हालसम्म जिम्मेवारी सम्हाल्दै आएका थिए।












