काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्याउन आज ११ बजे बैठक डाकिएको छ ।
२५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । कार्यदलले जुटाएको सहमति कानुन मन्त्रालयले पेश गर्नेछ । समितिमा छलफल सकेर बिहीबार नै पास गर्ने तयारी सरकार र दलहरूको छ ।
विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा कार्यदलले गरेको सहमति शीर्ष नेताले पनि बुधबार अनुमोदन गरेका हुन् ।












