काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटकसँग औपचारिक सहकार्य गरेको छ ।
निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले बुधबार टिकटकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो। आयोगको सचिवालयमा आयोजित कार्यक्रममा सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे। टिकटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो।टिकटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको यो सम्झौताले निर्वाचनको मौन अवधि र प्रचारप्रसारका क्रममा टिकटकमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।












