काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलक्षित फूल बेच्नको लागि ठाउँ तोकेको छ ।
तिहारमा नेपाली किसानहरूले उत्पादन गरेको फूलहरू बिक्री–वितरणका लागि महानगर प्रहरी बलले बिक्री स्थानहरू तोकेको हो ।
सरोकारवाला निकायहरूसँगको समन्वयमा फूल बिक्री–वितरणका लागि ३२ स्थान तोकिएको महानगर प्रहरीले जनाएको छ । महानगरले गत सालदेखि तिहारको समयमा फूल बेच्ने व्यापारीहरूका लागि सहजीकरण गर्दै आइरहेको छ । तोकिएको ठाउँबाहेक अन्त फूल बिक्री गरेको पाइए हटाउने गरिएको नगर प्रहरीले जनाएको छ ।













