Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

तिहारको किनमेल शुरु गर्नु भो ?

डा.अरुणा उप्रेती

सन्तानलाई चिउरा चपाउन सिकाउने कि ?
Subisu
तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन जोगाउनुपर्छ।
तर, यो पर्व मनाउँदै गर्दा अहिले आएका विकृतिलाई भने कम गर्नुपर्छ। भाइमसलासँग दिइने मिठाईहरु अस्वस्थ्यकर हुन सक्छन्। मिठाईहरु कस्तो तरिकाले बनाइएको हुन्छ, थाहा हुँदैन। कस्तो तेल प्रयोग गरिएको हुन्छ, थाहा हुँदैन।
बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ, जसले शरीरलाई हानि पुर्‍याउँछ। त्यसले मुटुमा एकदमै धेरै समस्या उत्पन्न गर्छ। मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा झन् समस्या थपिन सक्छ।
त्यसकारण यस किसिमका मिठाईजन्य पदार्थले दाजुभाइको स्वास्थ्यमा नै असर पर्ने गर्छ। सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरौँ,दाजुभाइलाई माया गर्ने हो भने
साधारण मिठाईहरु त घरमा नै बनाउन सकिन्छ। सेलरोटी सेल, पुरी, हलुवा, मखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा प्रयोग गर्नुपर्छ।
तिहारको ड्राइफुड्सका विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गर्न सकिन्छ। यिनीहरु स्वास्थ्यवर्द्धक खानेकुरा हुन्। तर, यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन। थोरैथोरै हरेक दिन खाने गरेमा धेरै राम्रो हुन्छ।
यिनीहरुमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मिठो र स्वास्थ्यवर्द्धक हुन्छ।
बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साएको हुँदैन। यसले दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई माया गरेको नभन्नुस्। हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ। त्यसैले उनीहरुको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो।
बट्टाका जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ। अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरुलाई विभिन्न किसिमका समस्या आइपरेका छन्। त्यसमाथि मधुमेहका बिरामीलाई त झनै समस्या हुन्छ।
चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानुहुँदैन। खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो। हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ।
चाडपर्वमा आफन्तजन सँगको भेटघाट लगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ। केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन।
तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ। यस्तै चाडबाडमा हामी बाहिरको मिठाइ कोसेली लिने र दिने गर्छौं। सकभर बाहिरको मिठाइ खानु हुँदैन। बिरामीलाई त यसले असर गर्छ नै, स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ। हामी घरमै चिनी कम हालेर मिठाई बनाएर खान सक्छौं।
अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै। तर बढी चिल्लो खानुहुँदैन। सेल, पुरी कम खानुपर्छ। विवेकपूर्ण तरीकाले तिहार मनाउन सकिन्छ, जसले गर्दा पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host