काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता धरौटी बुझाएर छुटेका छन्। सोमबार जिल्ला अदालत काठमाडौँले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले रमेश फुलारालाई १५ हजार तथा कमलराज जोशी, नवीनसिंह ऐर, गोपालबहादुर शाही र दिनेश सिग्देल १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरूले गत माघ २४ गते राति ठमेलमा प्रहरीलाई कुटपिट गरेका थिए।












