Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्न तिज महोत्सव आयोजना

नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्न तिज महोत्सव आयोजना

काठमाडौं । प्याजेन्ट नेपालले यस वर्षको तिज महोत्सव सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्र खबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले गरेकी थिइन् ।

साँस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउँदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढी महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो ।

Subisu

द मल्ल होटलमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रवद्र्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।

करिब ४० जना भन्दा बढी प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगिताम अविवाहित महिला तथा विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधि जितेका थिए । प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं इभेन्ट डाईरेक्टर सविता भारति राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।

यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमण्ड मिसेस तिजको उपाधी लिला केसीले हात पार्न सफल भएकी छिन् । उनलाई जुरी टिमले उपाधि तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर समेत उपलव्ध गराइएको थियो । प्रतियोगीताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए । भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको सत्यम शिवम् सुन्दरम बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले,गायिका सुजाता केसी,नृत्यङ्गना रोमा न्यौपाने,नृत्यङ्गना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गायक आनन्द कार्की, कलाकार राजाराम पौड्याल,कलाकार शिवहरि पौडेल, संचारकर्मी श्रृजना वाग्ले,संचारकर्मी, नारायण प्रसाद अधिकारी, गायक विनोद ढकाल, गायक रामकृष्ण श्रेष्ठ,गायक रमेश पाठक, ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल, अभिनेता श्रीदेब भटराई,हिमानी ट्रष्टकी कानूनी सल्लाहकार अनिता केसी, इभेन्ट डाइरेक्टर शान्ता कुमारी तामाङ्ग, कलाकार रोमा न्यौपाने, बलिवुडका सहायक निर्देशक एवं बलिवुड सेलीब्रेटी म्यानेजमेन्ट अनमोल सिंह ,संचारकर्मी एवं समाजसेवी डा.केवी सम्राट,ईभेन्ट डाईरेक्टर सुरज थापा, सौन्दर्यविद शिलाष्मा हमाल,कलाकार अर्जुन कार्की, ईभेन्ट डाईरेक्टर धिरज तण्डुकार, महिला उद्यमी निता केसी, शिक्षाकर्मी लक्ष्मण घिमिरे,नेपाली मूलका अमेरिकी शिक्षा विभाग (बिओडी) रामचन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस्तै गल्फ कन्ट्रिका विजनेश टाईकुन नामले परिचित विष्णु प्रसाद पुडासैनी समाजसेवी यमुना श्रेष्ठ लगायतलाई प्रमुख अतिथी राना तथा विशेष अतिथीहरु पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेपाली सेनाका वित्त प्रमुख सहायक रथि राजन अधिकारी, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, एआईजी भिम प्रसाद ढकाल, विशिष्ठ समाजसेवी राव राजा विक्रम सिंह, लामा धर्म गुरु ग्याछो रिम्पोछेले सम्मान प्रदान गरेका थिए भने कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्व राजदुत महेश दाहाल,वरिष्ठ चिकित्सक रेश्मा राणा, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता गणेश केसी,वरिष्ठ समाजसेवी प्रकाश कुंवर,पशुपति विकास कोष पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडा,नेपाली जनसम्पर्क मन्च तथा माईती ईण्डियाका अध्यक्ष बालकृष्ण पाण्डे, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सुर्य सुवेदी, पत्रकार दिपक पुडासैनी,पत्रकार पवन तिमल्सिना, पत्रकार शोभा अर्याल,पत्रकार कमल राज भट्को विशेष उपस्थिति रहेको थियो ।

फेस्टिवलमा विभिन्न मोडलहरुले मौलिक पहिरनमा र्याम्प शो गरेका थिए । कार्यक्रमलाई चौधरी ग्रुप,नेपाल एयरलायन्स,राष्ट्रिय बाणिज्य बैंक,प्रभु बैंक, एनमबी बैंक,बेलिजा, रेडबुल,ओम समाज डेन्टल,हबिव्स,न्यू लाईक लुक्स, सिरेन रिसोर्ट नगरकोट,सिरेन डालिमा रिसोर्ट कुरिनटार,नुगा बेस्ट, ग्रिन ब्रिक्स, ओसिस व्यूटि स्पा, एसके ईन्टरटेनमेन्ट,सर्वहितेषी डेरी, पिडियु, बालुवाटार अर्गानिक, डर्मापरफेक्ट क्लिनिक,एएसजी आई केयर,सकल बायोईन्जाईम नेपाल, पौडेल ढाका उद्योग तानसेन ,प्रोजेक्टाईल तथा ग्रिनल्याण्ड ईन्ष्टिच्यूटको प्रायोजन रहेको थियो । कार्यक्रमबाट उठेको केहि रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुँइटेलले जानकारी दिए ।

महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ, मोटिभेसनल स्पिकर पूर्ण लामा संस्थाका कानूनी सल्लाहकार दुर्गा प्रसाद पाण्डे, दिक्षा पुडासैनी, मुकेश बस्नेत रहेका थिए ।

तिज पर्व मनोरन्जन मात्र नभइ सामाजिक सेवा पनि हो भन्ने सन्देश प्रवाह गर्नका निमित्त यस किसिमको आयोजना गरिएको शोभा गुरुङले बताइन् । कार्यक्रमको संचालन मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् । कार्यक्रमलाई सेभ द नेशन टेलिभिजन र राष्ट्रखबरबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host