काठमाडौं । तारा एयरले पोखराबाट जोमसोमका लागि उडेको आफ्नो विमान सम्पर्कविहीन नभएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको छ । कम्पनीले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।
गलत सूचना फैलाउनेविरुद्ध कानूनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ । “गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,” तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।