Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन  

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन  
Subisu

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ ।

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।

Subisu

टोलीले प्याकेज–१अन्तर्गत १४० मि. अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो ।

कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत रुपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो ।

तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराएका थिए ।

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी,नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो ।

आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरुको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न आग्रह गरे ।

सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए ।

विद्युतगृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिए ।

मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।

मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको छ । प्याकेज–१को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१को निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे.भी.ले गरिरहेको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइननिङ भइरहेको छ ।

मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ ।

विद्युतगृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ ।

प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ ।  ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरहरुको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरुमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ६३ वटा परियोजनाहरु सम्पन्न भएका छन् । १० वटा परियोजना सञ्चालित छन् । आयोजना प्रभावितहरुको जीविकोपार्जन तथा आयआर्जन बृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन भइरहेका छन् ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

ताजा समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host