काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी टी-२० विश्वकपमा खेल्ने जर्सी सार्वजनिक गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार विश्वकपमा खेल्ने जर्सी सार्वजनिक गरेको हो ।
आइसिसी फेब्रुअरी ७ देखि सुरु हुने पुरुष टी–२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।












