काठमाडौं । सरकारी पक्ष र स्वर्गद्वारी गुठी पीडितबीचको वार्ता बिना निष्कर्ष सकिएको छ। सरकारी वार्ता टोली र स्वर्गद्वारी गुठी पीडितबीच बिहीबार वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन।
आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सहसचिवसमेत रहेका वार्ता टोलीका संयोजक प्रविन दहित थारूले सरकार समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए।
अब आफूहरुले भोलिदेखि सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। स्वर्गद्वारी गुठी पीडितहरु काठमाडौँ आएर आन्दोलन गर्दै आएका छन्।