Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

पत्रकार सुरेश रजकलाई शहीद घोषणा मागसहित प्रेस सेन्टर नेपालको १७ बुँदे घोषणपत्र जारी

पत्रकार सुरेश रजकलाई शहीद घोषणा मागसहित प्रेस सेन्टर नेपालको १७ बुँदे घोषणपत्र जारी

काठमाडौं । राजावादीको आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहीद घोषणादेखि विभिन्न मागसहित १७ बुँदे घोषणापत्र जारी गरेको छ ।

संगठनको भर्खरै मात्रै सम्पन्न पाचौँ महाधिवेशनले काठमाडौँ घोषणा पत्र–२०८१ जारी गर्दै विभिन्न माग अघि सारेको हो । संगठनले समाचार संकलनका क्रममा कथित राजवादी समूहबाट हत्या गरिएका एभिन्यूज टेलिभिजनका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

Subisu

संगठनले जारी गरेको काठमाडौं घोषणापत्रको बुदाँ नम्बर ४ मा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दै २०८१ चैत १५ गते काठमाडौं तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न, परिवारलाई उचित राहतसहितका न्याय दिन र घटनाका दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दछ ।’

साथै संगठनले राजाबादीले आन्दोलनका क्रममा विभिन्न सञ्चारमाध्यमका कार्यालयमाथीको आक्रमण, सवारीसाधन तोडफोड, भौतिक आक्रमणको निन्दा गर्दै सञ्चारकर्मीको सुरक्षका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘कथित राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा कान्तिपुर टेलिभिजन, अन्नपूर्ण दैनिकको कार्यालय माथिको आक्रमण, विभिन्न सञ्चार गृहका सवारी साधन तोडफोड, विभिन्न सञ्चारकर्मी माथि भौतिक आक्रमण, सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, संविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र पालना गर्न सबै पक्षसँग आग्रह गर्दछ ।’

संगठनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न सरोकारवाला निकायसँग माग गरेको छ भने सरकारी निकायबाट प्रदान गरिने पत्रकार वृत्तिविकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार तथा सम्मान पारदर्शी, समावेशी बनाइनुपर्ने र त्यसको सूचना समयमै सबैले प्राप्त गर्न मिल्नेगरी प्रवाह गर्न माग गरेको छ ।

सेन्टरले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न राष्ट्रिय महाधिवेशनले माग गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host