काठमाडौं । खोटाङको हलेसीबाट काठमाडौं आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेर बेपत्ता भएको हाइलक्स भेटिएको छ।
दुर्घटनास्थल नजिकै गाडी फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले बताए । उक्त गाडी फेला परेको र पानीबाट निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए।
सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन्। उक्त हाइलक्स ३२ वर्षीय अबिनले चलाएका थिए। सोही गाडीमा सवार अर्का एक जना भने हामफालेर बाँचेका छन्। २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका हुन्।












