काठमाडौं । शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। सोमबार बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी मृत फेला परेकी पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनका श्रीमान नृप दनुवारले बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युको कारण खुल्न भने बाँकी छ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।












