काठमाडौं । कमेडी च्याम्पियन ग्रान्ड फाइनल विजेता सुनिल खड्काले सीजी मोटर्सअन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन्। कमेडी च्याम्पियनको सिजन थ्रीका विजेताले सो उपहार पाएका हुन्।
नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका थिए।
कार्यक्रममा कमेडी च्याम्पियनका विजेतालाई सीजी मोटरको लोकप्रिय बान्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सीजी मोटर्सले जनाएको छ। साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने समेत प्रतिबद्धता जाहेर गरेको छ।
कमेडी च्यापियनको ग्रान्ड फाइनल विजेतालाई प्रदान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय छ।