काठमाडौं । सुनको मूल्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुन आज १७ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार १३ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको सुन आज १७ सय रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख २१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको भाउ भने घटेको छ। १५ रुपैयाँले घटेर प्रतितोला चाँदी २ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।












