काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशमा सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।
कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्रीसमेत रहेकी सुजाताले सबल कांग्रेस बनाउनु अहिले अपरिहार्य भएको बताइन् ।
पहिलोपटक शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगर पुगेकी सुजाताले देशको अवस्था नै गम्भीर रहेको भन्दै त्यसलाई सुधार गर्न बलियो कांग्रेस आवश्यक रहेको बताइन् ।
“देशको अवस्था गम्भीर छ, त्यही गम्भीरतालाई बुझेर म यहाँ आएकी हुँ,” सुजाताले भनिन्, “मलाई के लाग्यो भने हामीहरू एकजुट छौँ भन्ने सन्देशसहित अघि बढेनौँ भने डेमोक्रेसी रहँदैन, मुलुकको भविष्य पनि रहँदैन हामी कोही रहँदैनौँ ।”
उनले आफूहरू एक रहेको सन्देश दिनकै लागि आफू शेखरको निमन्त्रणा स्वीकार गर्दै सम्पर्क कार्यालयमा आएको बताइन् । उनले आफू नेपाली कांग्रेको नेताको हैसियतमा सम्पर्क कार्यालय पुगेको पनि बताइन् ।
उनले आफू शेखर कोइरालाको अभियानमा मिसिएको भन्दै अब शशांक कोइराला पनि आउनुपर्ने बताइन् ।