काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेकी छन् । सोमबार जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेकी हुन् ।
कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरिन् ।