Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

जेनजी आफ्नै सन्तान हुन्, आवेग र प्रतिशोध त्यागौं : सुहाङ नेम्वाङ

जेनजी आफ्नै सन्तान हुन्, आवेग र प्रतिशोध त्यागौं : सुहाङ नेम्वाङ

काठमाडौं। नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रेस नोटमार्फत उनले सबै पक्षलाई संयमित बन्न आग्रह गरेका हुन् ।

नेम्वाङले अग्रजदेखि नौजवानसम्म सबैलाई उद्देश गर्दै भनेका छन्, “अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।” उनका अनुसार जेनजीहरू आफ्नै सन्तान भएकाले उनीहरूको भावनालाई सम्मान गर्दै अघि बढ्नुपर्छ । “आफ्नो अस्तित्व र अधिकारका लागि सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्तानलाई गाली गर्नु जस्तै हो,” उनले भनेका छन् ।

Subisu

नेम्वाङले हालको परिस्थितिसम्म आइपुग्दा आफू समेत केही हदसम्म जिम्मेवार भएको स्वीकार गर्दै आत्मालोचना गरेका छन् । “यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला, रह्यो भने त्यसको जिम्मेवारी म लिन्छु । यो कमजोरी र नालायकीका लागि माफी माग्छु,” उनले लेखेका छन् ।

उनले नेतृत्व तहबाट गल्ती हुने भएकाले आत्मालोचना र स्वीकारोक्ति आवश्यक हुनेमा जोड दिँदै भनेका छन्, “जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो ।”

सुहाङ नेम्वाङको प्रेस नोट–

आदरणीय अग्रजहरू, प्रिय साथीहरू

–उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरूपछि हामी सामान्य अवस्थामा फर्किने प्रयास गरीरहेका छौं । एकातिर हामीसँग भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरू छन् । अर्कातिर भदौ २४ गतको वितन्डाले हाम्रो विचमा छोडी गएका अनेक प्रश्न, संसय र पीडाहरू छन् । अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरू नाँचिरहेको छ । भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरू, अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरूले नराम्ररी झस्काइरहेको छ । मेरो मनमा अहिले पनि प्रश्न छ, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’ म फेरि पनि उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

–त्यही आवरणमा भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लूटपाटको दृश्यहरूले हामीलाई असह्य पीडा दिइरहेको छ । मलाई विश्वास छ– यसरी ‘जेनजी’हरूको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरू कानुन अनुसार नै दण्डित हुनेछन् । २४ गतेको घटनासँग मेरो मनमा कैयन प्रश्नहरू छन् । रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमाथि किन आगो लगाए ? उनीहरू को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए  ? हाम्रो सुन्दर र सुनिश्चत भबिष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरूले नै खोज्नुपर्नेछ ।

–तर अब यहाँनिर एउटा सत्य के हो भने इतिहासलाई मात्रै बोकेर हिड्दा हाम्रो वर्तमान पनि गुमाउँछौं । भबिष्य अनिश्चितता तर्फ उन्मुख हुनेछ । अतितमा बाँचिरहनु पीडामा बाँच्नु पनि हो । सँगै यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरूले भबिष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ, तर सुन्दर भबिष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्ति सहित ।

–मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुई बर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चाहन्छु– गल्ती कमजोरीहरू सच्चाएर जानेछौं । यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरूमा माफी माग्छु । आदरणीय अग्रजहरू, प्रिय साथीहरू ।

–‘जेनजी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यूले वार्ता गरिरहनु भएको बेला मैले विज्ञप्ति मार्फत भनेको थिए, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’ संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुने मेरो मत थियो । मैले भनेको थिएँ, ‘हाम्रो अग्रज र तपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरूलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट विमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।’ मैले प्रिय जेनजी साथीहरूको अडान सुनेँ, भिडियोहरू हेरेँ। संबिधान र व्यवस्थाप्रति तपाईंहरूले जुन अडान र प्रतिबद्धता जनाउनु भयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु ।

–फेरि पनि हामीले हाम्रो संविधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगिन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ । अनेकन नाम र आवरणमा हुने सबै खालका गलत कदमहरूलाई अस्वीकार गर्नुछ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु, ‘अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।’ इतिहासको घाउँ कोट्एर भविष्य थप अनिश्चित नबनाऔं । फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरू सुनिनु गलत हुनेछ । २४ गतेको तान्डव सबर्था गलत थियो । आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरू पुगिसक्नु भएको छ । यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका ‘जेनजी’हरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।

– मलाई लाग्छ, ‘आवश्यकताको सिद्धान्त अनुसार संविधानको कम क्षतिमा अन्तरिम सरकार बनेको छ ।’ म सम्माननीय प्रधानमन्त्री सुशिला कार्की सहित सबैलाई बधाई भन्छु । म वर्तमान सरकारलाई पनि अनुरोध गर्न चहान्छु, यसअघि भएका गल्तीहरू नदोहोर्योस् । मलाई विश्वास छ, थप मुठभेटमा होइन, प्रतिशोधमा पनि होइन, बढो सम्हालिएर सबैलाई सँगै लिएर तोकिएकै समयमा निर्वाचन मार्फत मुलुकलाई सही ट्रयाकमा लैजान यहाँहरूको भूमिका रहनेछ । तपाईंहरूप्रतिको भोलिको भरोसा र सम्मान पनि त्यसैमा निर्भर रहनेछ । आजको हाम्रो बाटो र उज्यालो यही हो । यही बाटो र उज्यालो समाएर हिड्न म अपिल गर्दछु । धन्यवाद । नमस्कार । सेवारो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host