काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५६ रन बनायो। जवाफी ब्याटिङमा आएको विराटनगर किंग्स १४.१ ओभरमा अलआउट भई केवल ७८ रनमा रोकियो। यस जितसँगै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ।












