Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सडक र गाउँको कथा

सुदिप वि.क

सडक र गाउँको कथा

पहाडको काखमा एउटा सुन्दर गाउँ थियो । त्यो गाउँमा परिश्रम गर्ने हातहरू थिए, सपना देख्ने आँखा थिए र माटोमा गाडिएको आत्मनिर्भरताको जरा थियो। गाउँमा आधुनिक सुविधा खासै थिएन, तर मनको सन्तुष्टि थियो।

Subisu

एकदिन गाउँमा ठूलो खबर आयो। ‘गाउँमा पक्की सडक बन्दैछ। नेता ज्यूले भाषणमा भनेका छन् । अब तिम्रो गाउँलाई समृद्ध बनाइन्छ। यहाँका सबै समस्या समाधान हुनेछ ।’ गाउँलेहरूले खुसीले नाचगान गरे। तिनले सोचे, ‘अब त हाम्रो जिन्दगी बदलिन्छ’ सडक बन्यो।
पहाड चिरेर, खोलामाथि पुल बनाएर सडक गाउँको बीचमा आइपुग्यो।गाउँलेहरूले सडकलाई समृद्धिको प्रतीक मान्दै मठमा पूजा गरे।
नेता फेरि आए, मिठा आश्वासनसहित।

‘सडकले रोजगारी ल्याउँछ ।’ ‘तिमीहरूको उत्पादन देशभरि पुर्याइनेछ ।’
‘तिमीहरूको जीवन शहरको जस्तै हुनेछ ।’ तर, ती वाचा केवल भाषणमै सीमित भए ।
सडक बनिसकेपछि, नेताहरू गाउँ फर्केनन्। समस्याहरू उस्तै रहिरहे । गाउँका खेतबारी बाँझै थिए, उत्पादनका लागि बजार छैन, र रोजगारीका कुनै नयाँ अवसर देखा परेनन् । नेताको झुटो आश्वासन ‘सडक त सुरुवात मात्र हो,’ नेताले ठूला–ठूला हात हल्लाउँदै भनेका थिए ।

‘तपाईंहरूको खेतका उत्पादन शहरका ठूला ठूला बजारमा पुग्नेछन् ।’ यहाँ स्कूल, अस्पताल, र उद्योग स्थापना गरिन्छ। अब तपाईंहरूका छोराछोरी विदेश जानुपर्दैन । गाउँलेहरूले यो सुनेर ताली बजाए । तर समय बित्दै जाँदा, वाचा केवल भाषणमै सीमित रहे। युवाहरूको बिदाइको दृश्य एक बिहान, गाउँका दुईजना युवाले परदेश जाने तयारी गरे।

आमाले आँसु पुछ्दै भनिन्, ‘तिमीहरू यहाँ बस्न सक्दैनौं र? यतै केही गर्न सकिन्छ ।’ तर छोराले भन्यो, ‘गाउँमा के छ र आमा ?बाउबाजेको जस्तो खेतीपाती गरेर पेट पाल्ने जमाना छैन ।’

यी शब्दले वृद्ध आमाबाबुको मन चिरा चिरा पारे। आमाको मुखबाट कुनै शब्द नै आएन । गाउँका युवाहरूमा निराश थियो । सडकले उनीहरूलाई परदेश जाने बाटो मात्र देखायो। कोही अमेरिका, अस्ट्रेलिया, जापान गए । केही खाडी देशतिर लागे। केही शहरका कारखानातिर काममा लागे ।

कोही मन दोधारमा पारी रोजगारीको खोजीमा गन्तव्यविहीन भए । गाउँमा युवा नै नभएपछि गाउँ सुनसान भयो । चोकमा गफ दिने युवाहरू, खेतमा हलो जोत्ने हातहरू, र खोलाको किनारमा खेल्ने केटाकेटीहरू हराए । अब गाउँमा केवल बुढाबुढी मात्र बाँकी थिए । उनीहरू दिनभर खाली डिलमा बसेर हराएका छोराछोरी र बाँझो खेतलाई हेर्दै आँसु झार्थे ।

सडक बोल्न थाल्यो । एक साँझ एउटा वृद्ध किसान खेतको डिलमा बसेको थियो । सडकले उसको गुनासो सुनेर भन्यो । तिमीहरू मलाई दोष दिन्छौं । तर म दोषी होइन।

म त तिमीहरूको गाउँलाई बाहिरी संसारसँग जोड्न आएको थिएँ। तर तिमीहरूले आफ्ना स्रोत र सामथ्र्य उपयोग गरेनौं । नेताहरूको झुटो आश्वासनलाई विश्वास गर्दै आफ्ना मौलिकतामाथि धुलो हाल्यौ । यतिकैमा ,सडकका ती शब्दहरूले वृद्ध किसानको मन छोयो।

भोलिपल्ट बिहानै, ऊ आफ्नो पुरानो कोदालो लिएर खेततिर लाग्यो। उसले खेतबारीको बाँझो जमिनलाई फेरि जोत्न थाल्यो। उसको प्रयासले गाउँका बाँकी बुढाबुढीहरूलाई पनि प्रेरित गर्यो। उनीहरूले आफ्ना बाँकी स्रोत र श्रम प्रयोग गर्न थालिदिए।
केही समयपछि गाउँ भएका मान्छेको लगनशीलता के कृषिमा भविष्य देख्न थाले ।

यो सब देखेर, परदेश गएका केही युवाहरूले गाउँ फर्केर केही गर्ने सोच बनाए । कसैले सहकारी संस्था स्थापना गरे । कसैले गाउँको उत्पादनलाई बजारसम्म पुर्याउने योजना बनाए । कसैले जैविक खेती र स्थानीय हस्तकलाको व्यवसाय सुरु गरे । अब गाउँ फेरि बाँच्न थाल्यो।

तर यो सब गाउँलेहरूको परिश्रम र एकताले सम्भव भएको थियो, नेताका वाचाले होइन। गाउँलेहरूले बुझे-समृद्धिको लागि आश्वासन होइन, मेहनत चाहिन्छ। सडकले गर्वका साथ भन्यो

‘अब तिमीहरूको गाउँको कथा अरू गाउँका लागि प्रेरणा बन्नेछ ।’ नेताहरूका भाषण त केवल आशा दिने साधन हुन्। तर साँचो परिवर्तन त तिमीहरूको परिश्रम र इच्छाशक्तिले मात्रै ल्याउन सक्छ ।

गाउँको नयाँ सन्देश

गाउँलेहरू अहिले आत्मनिर्भर थिए । नेताहरूको झुटो भाषण सुनेर निराश नभइ, उनीहरूले आफ्ना स्रोतको सदुपयोग गर्न थाले ।युवाहरू गाउँ फर्किएर व्यवसाय र खेतीपातीमा लागे। अब त्यो सडक गाउँको मात्र होइन, प्रेरणाको प्रतीक बन्यो । गाउँका खेतहरू हराभरा भए ।

पहाडमा फेरि ठाडो भाका गुञ्जिन थाल्यो। गाउँलेहरूका आँखा फेरि चम्किए । गाउँका एकजना वृद्ध किसानले अन्त्यमा भने,
‘हामीले विश्वास गर्नुपर्छ आफ्ना हातमा। नेता र सडक त माध्यम मात्र हुन्। साँचो समृद्धि त हाम्रो मेहनत र एकताले ल्याउँछ ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host