Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजल संग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजल संग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल संग्रह सार्वजनिक भएको छ ।

कीर्तिपुरमा आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजल संग्रह सार्वजनिक गरेका थिए ।

Subisu

कार्यक्रममा सांसद केसीले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए ।

‘सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उहाँ र उहाँका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद केसीले भने, ‘साहित्यमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्ने बताए ।’

कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबटा सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद केसीले व्यक्त गरे ।

वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए ।

‘मायाप्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्रा.डा. बरालले भने, ‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् ।’
‘सुदिम्नका गजलहरूमा आक्षरिक लयको प्रयोग भएको पाइन्छ भने कविताहरूमा गद्यलयको प्रयोग पाइन्छ प्रा.डा. बरालले भने, ‘उनले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा भने सरल छ । सरलताभित्र नै सहज ढङ्गले गहन विषयवस्तु प्रस्तुत गर्नु नै उनको विशेषता बनेको छ ।’

एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए ।

उपप्राध्यापक दिपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । उनले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए ।

मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुची भएको सुदिम्न बताउँछन् ।

समाजलाई जस्ताको तस्तै साहित्यमा उतार्नुपर्छ भन्ने चेतबाट आफ्ना रचनाहरू प्रेरित रहेको बताउँदै उनले भने, ‘भुइँमान्छेको आवाज कलमले बोल्नुपर्छ र मेरो कलमले सधैँ बोल्नेछ ।’

‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रहमा २५ कविता र ३१ गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् । देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १५० रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host