काठमाडौं । आज पुस १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारणसभा प्रयोजनका लागि एक कम्पनीले भोलि र छ वटा कम्पनीले पर्सि बुक क्लोज गर्दैछन्। भोलि सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्र ती कम्पनीहरूको लाभांश पाउनेछन्।
आज लाभांश सुरक्षित गर्न सकिने कम्पनीहरूमा नबिल बैंकको १२.५ प्रतिशत नगद लाभांश, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीको ६ प्रतिशत नगद लाभांश तथा डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश रहेका छन्।
त्यस्तै, सपोर्ट लघुवित्तले ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिनेछ।
छिमेक लघुवित्त वित्तीय संस्थाले १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यी सबै कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज नै रहेको छ।












