Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि परियोजना सञ्चालन गरिने

अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि परियोजना सञ्चालन गरिने

काठमाडौं । राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा पहुँच पुर्‍याउन तीन जिल्लामा परियोजना सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय बहिरा महासंघ नेपाल, अपांगता भएका महिलाहरुको महासंघ नेपाल, श्रवणदृष्टि विहीन अभिभावक समाज नेपाल र दृष्टिविहीन युवा संघको संयुक्त आयोजना तथा एम्प्लि–फाइ चेन्जको सहकार्यमा ‘यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा पहुँचका लागि अपांगता भएका व्यक्तिका संस्थाहरुको क्षमता सुदृढीकरण कार्यक्रम’को परिचयात्मक कार्यक्रममा सो जानकारी दिइएको हो ।

Subisu

परियोजना काठमाडौं महानगरपालिकाको काठमाडौं, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन हुनेछ ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यस कार्यक्रमले सबै प्रकारका अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताए ।

महासचिव सिताराम ओझाले परियोजनाले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको पहुँचका वृद्धि ल्याउने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत महेन्द्र गिरीले अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सरकारले सञ्चालन गरेका यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धी नीति, कार्यक्रम र आगामी प्राथमिकताहरूको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

गिरीले अपांगता भएका व्यक्तिहरू सम्बन्धी राष्ट्रिय नीति, २०८० को स्वीकृति र कार्यान्वयनका साथै स्वास्थ्य सेवाको पहुँच बाहिर परेकाहरुलाई समेट्ने राष्ट्रिय रणनीति २०७३–२०८८ का बारेमा समेत जानकारी गराए ।

उक्त रणनीतिमा अपांगता रोकथाम, उपचार, पुनःस्थापना तथा सहायक उपकरणको पहुँच विस्तार, समावेशी शिक्षा व्यवस्था, सामाजिक सुरक्षा तथा कानुनी संरक्षण, सार्वजनिक सेवा र पूर्वाधारमा पहुँचयोग्यता सुनिश्चित गर्ने उपायहरू समावेश छन्।

साथै, अपांगता भएका व्यक्तिहरूको निर्णय प्रक्रियामा सहभागिता बढाउन पहल गरिने र आगामी बजेटमा यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमहरू समेटिने प्रतिबद्धता रहेको जानकारी गराइएको छ ।

कार्यक्रममा सहभागीहरूले नीति र नियम भएपनि सम्बन्धित व्यक्तिहरूले आवश्यक सेवा नपाएको अवस्थाबारे पनि ध्यानाकर्षण गराएका थिए । यौन तथा प्रजननलाई फोकस गरेर कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा पनि उनीहरुको जोड थियो ।

सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने हिंसाका घटनालाई केन्द्रमा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार अपाङ्गता भएका महिलामाझ अझै पनि सुरक्षित स्तनपानसम्बन्धी जानकारीको अभाव रहेको अवस्था छ, जसले आमा र शिशुको स्वास्थ्यमा जोखिम निम्त्याइरहेको छ।

त्यसैगरी सुरक्षित यौनसम्बन्धी पर्याप्त जानकारी नहुँदा दृष्टिविहीन व्यक्तिहरूको वैवाहिक र पारिवारिक जीवन जटिल बन्दै गएको सहभागीहरूको भनाइ थियो। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि अपाङ्गता भएका व्यक्तिले अध्ययन गर्ने विद्यालय र पाठ्यक्रममै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरूले बजेटमा अपांगता भएका व्यक्तिका यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रमलाई समावेश गरिने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host