काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन् । उनले उक्त विधेयकका प्रावधानहरूमा समस्या रहेकाले हुबहु पारित हुन नसक्ने बताए ।
सोमबार चितवन आइपुगेका महामन्त्री थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित गर्न नसक्ने बताए । उक्त विधेयक भित्रका प्रावधानहरूमा रहेका समस्या र त्रुटिहरू संशोधन गरिनुपर्ने बताए ।
‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ उनले भने– ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’