काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) शान्त तलाउमा डुङ्गा चलाएजस्तो सरल अघि बढेको होइन, चुनौती र प्रतिकूलतासँग जुध्दै स्थापित भएको विचार भएको बताएका छन्।
बिहीबार मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “जबज प्रारम्भमा अनेक प्रश्न र विरोधसँग जुध्नुपर्यो। मदन भण्डारीले अग्रसर भएर यस विचारलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आधारमा अघि बढाउनुभयो।”
पोखरेलले जबजलाई पार्टीहरूमा लोकतान्त्रिककरण गर्ने विचारका रूपमा प्रस्तुत गर्दै यस विचारको पक्षमा उभिरहँदा चुनौती र कठिनाइको सामना गर्न सतर्क रहनुपर्ने बताए।












