काठमाडौं । पूर्व शिक्षामन्त्री शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न सम्भव नभएको बताएका छन्।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो उल्लेख गरेका छन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको भन्दै खनालले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोगबिना माग पूरा गर्न सम्भव नभएको स्पष्ट पारेका छन्।
रास्वपा सांसद समेत रहेका उनले अहिले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाएको आरोप लगाएका छन्। शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेजस्तो भएको टिप्पणी उनको छ।
उनले लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन।’
तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो।’




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

