काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन सोमबार १२.८४ अंकले घटेको बजार मंगलबार ६.३२ अंंकले घटेर २ हजार ६६९ विन्दुमा बन्द भएको हो ।
मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको ८७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ । बाँकी रहेका १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्टक्चरको भएको छ । कम्पनीको १८ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।