काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा बन्द भएको छ। आज ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो दिन ६ उपसूचक राताम्य देखिएका छन्। वाणिज्य बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, र होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशतले शेयर मूल्य घटेको छ।
आजको कारोबारमा ११८ कम्पनीको शेयर मूल्य बढेको, १३४ कम्पनीको घटेको, र ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।












