काठमाडौं । सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक गिरावट आएको छ। योसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ। आज कारोबार रकम भने बढेको छ। अघिल्लो दिन चार अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भएको हो।
आज कूल ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो। ७ को स्थिर बसेको छ। आज एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको मूल्यमा सर्किट लागेको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावरको ४.२५, कालिका लघुवित्तको ३.८५, मायाखोला हाइड्रोपावरको ३.७१ प्रतिशत मूल्य घटेको छ।












