काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ।
आज ८५ कम्पनीको शेयर मूल्य बढ्दा १६५ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरिमा ३३७ कम्पनीका १ करोड ३७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ।
सबैभन्दा धेरै कारोबार एसवाई प्यानलमा भएको छ। यस कम्पनीको शेयरबाट आज २३ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी, मञ्जुश्री फाइनान्समा १७ करोड ९८ लाख, शिवम् सिमेन्टमा १३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा बढी नाफा एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी, ग्लोबल आइएमई सम्मुनत योजनाका इकाईधनीले ९.९४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७६ प्रतिशत नाफा कमाएका छन्।
विपरीत, सबैभन्दा बढी घाटा विन नेपाल लघुवित्तका लगानीकर्ताले बेहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत घाटा भोग्नु परेको छ।












