काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा सकारात्मक उछाल आएको छ। आज नेप्से परिसूचक ४७.५५ अंकले बढेर २,६३३.४२ मा पुगेको नेप्सेले जनाएको छ। यो वृद्धि १.८३ प्रतिशत बराबरको हो।
आज बजारमा कुल १ करोड ३४ लाख ८१ हजार १ सय ४५ कित्ता शेयर, रु ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार, कारोबारमा आएका २३८ कम्पनीका लगानीकर्ताले लाभ पाएका छन् भने २१ कम्पनीका लगानीकर्ताले घाटा भोगेका छन्।












