काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ अंकमा पुगेको छ ।
अघिल्लो कारोबार सोमबार नेप्से २८२३.२५ अंक रहेको थियो । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२१ अंक र फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
मंगलबार १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १२ अर्ब ९१ करोड ३७ लाख ७९ हजार ३१४ को शेयर खरिदबिक्री भएको थियो । मंगलबार ३२८ वटा कम्पनीको कारोबार हुँदा १०६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी ५ वटा कम्पनीको कारोबारमा कुनै परिवर्तन भएको छैन ।












