काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो दबाबमा रह्यो। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ बिन्दुमा स्थिर भयो।
आज विभिन्न सेक्टरका ९८ कम्पनीका सेयरमूल्यमा हरियाली देखियो। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयरमा आज सकारात्मक सर्किट लागेको छ।
यससँगै श्रीनगर एग्रीटेकका सेयर ५.९९ प्रतिशत, मोलुङ हाइड्रोपावरका ३.९१ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सका सेयर २.६० प्रतिशतले बढेका छन्।












