काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार शेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा स्थिर भएको छ।
बजार सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहानदेखि दिनभर भएका कारोबारमा विभिन्न सेक्टरका ३२९ कम्पनीको कुल तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आजको सेसनमा सबैभन्दा धेरै कारोबार श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको भयो। कम्पनीले २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्यो। त्यसपछि ङादी ग्रुपले १७ करोड ८ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ, र सागर डिस्टिलरीले १० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार गर्दै शीर्ष कारोबारकर्ता बने।












