काठमाडौं । लगातार छ दिनसम्म गिरावट आएको सेयर बजार परिसूचक नेप्से आज सातौँ दिनमा सुधारिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से ७ अंकले बढेर २६१४ अंकमा पुगेको हो।
आजको बजारमा १४८ कम्पनीको मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। बजार सूचक उकालो लागेपनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भए पनि आज कारोबार रकम झरेर ३ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। उर्ध्वमुखी कम्पनीमध्ये तीन कम्पनी—स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङखोला जलविद्युत्—को मूल्य १० प्रतिशतले बढेको छ।
आज हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ३.८८ प्रतिशतले घटेको छ।












