काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा झरेर बन्द भएको छ।
आज नेप्सेका उपसमूहमध्ये ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यसमा उत्पादन तथा प्रशोधन समूह ०.६१ प्रतिशतले बढेको छ भने बैंकिङ समूहमा ०.६७ प्रतिशतको गिरावट आएको छ।
आज ९९ कम्पनीको शेयर मूल्य बढेको, १४७ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको नेप्सेले जानकारी दिएको छ।
बजारमा आज करिब ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सर्वाधिक कारोबार ङादी ग्रुप पावर को भएको छ, जसको कारोबार मूल्य ५५ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको नेप्सेले जनाएको छ।












