काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा पुगेको छ ।
आज ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा ३३ कम्पनीका सेयर मूल्य बढेका छन् भने २१३ कम्पनीका सेयर मूल्य घटेका छन् । यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेड अगाडि रहेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको आज २७ करोड ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम मूल्य २,१२९.१० रुपैयाँ रहेको छ ।
त्यस्तै राधी विद्युत कम्पनीको २२ करोड ४६ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७७० रुपैयाँ रहेको छ ।
आज माबिलुङ इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।












