काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा करेक्सन देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा झरेको हो। आज ३३३ कम्पनीका १ करोड २१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ५ करोड २२ लाख रुपैयाँ पुगेको छ।
आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ। बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ, जसको कारोबार रकम ३७ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यसपछि एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख र राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।
लगानीकर्तामध्ये आज सबैभन्दा धेरै फाइदा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन्। उनीहरूले ९.९९ प्रतिशत का दरले कमाएका हुन्। त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशत र नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीहरूले ७ प्रतिशत का दरले लाभ कमाएका छन्।
त्यस्तै, र्स्टन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्, जसमा १० प्रतिशतका दरले गिरावट आएको छ।
क्षेत्रगत सूचकका हिसाबले आज ७ समूहको सेयर मूल्यमा गिरावट देखिएको छ। वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स समूह ०.१२ प्रतिशतले, हाइड्रोपावर समूह १.०५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.७० प्रतिशतले र जीवन बीमा समूह १.०५ प्रतिशतले वृद्धि देखिएको छ।












