काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढ्दै नेप्से परिसूचक २७६१.८६ विन्दुमा कायम भएको छ। बजार कारोबार सुरु भएपछि बिहान ११:४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो, जुन दिनको न्यूनतम रह्यो। त्यसपछि सामान्य उतारचढावमा रहे पनि दिउँसो २ बजेपछि परिसूचकले वृद्धिको लय समात्यो।
तर, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ६ करोड बराबरको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ।












