काठमाडौं । बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३१.५० अंकले घटेर २,९२२ बिन्दुमा झरेको छ। बजारमा गिरावट आउँदा पनि ५२ कम्पनीका शेयर मूल्य बढेका छन् भने १९८ कम्पनीका शेयर घटेका छन्।
आजको कारोबार अवधिभर ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर किनबेच भएका छन्, जसबाट कूल १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। यस कम्पनीको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी (७५ करोड ३५ लाख) र तेस्रोमा हिमालयन डिष्टिलरी (६९ करोड ९ लाख) रहेका छन्।
उतारचढावपूर्ण बजारका बीच पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय लाभ लिएका छन्। ट्रेड टावर कम्पनी र नेपाल फाइनान्स का शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेका छन्। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले ९.९७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंक का लगानीकर्ताले ९.९२ प्रतिशत लाभ लिएका छन्।
विपरित अवस्थामा, भूगोल इनर्जी कम्पनी का लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। कम्पनीको शेयर मूल्य ७ प्रतिशतले घटेको छ।












