काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ८०.९७ अंकले उकालो लागेको नेप्से आज ५.१७ अंकले बढ्दै २९७८.८८ विन्दुमा पुगेर बन्द भएको हो।
नेप्से सामान्य बढ्दासँगै कारोबार रकम भने केही घटेको छ। मंगलबार २० अर्बभन्दा बढीको कारोबार भएकोमा बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आजको दिन ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर कारोबार भए। कुल ९८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ भने बाँकी स्थिर रहे।
सर्किट लेभलमा दुई कम्पनी
बुधबार ट्रेड टावर र सानभी इनर्जी का सेयर सकारात्मक सर्किट लेभल (९.९९%) मा पुगेका छन्। यस्तै, ग्रीन भेन्चर्स का सेयर ९.४०%, लिबर्टी इनर्जी का ७.०८% र बेस्ट फाइनान्स का सेयर ५.९७% ले बढेका छन्।
हिमालयन रिइन्स्योरेन्स शीर्ष कारोबारकर्ता
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ७८ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो। शिवम् सिमेन्ट ७५ करोड र नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) ६२ करोडको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। नेपाल रिइन्स्योरेन्स को सेयर कारोबार ५५ करोड रुपैयाँ बराबरको भयो।
उपसमूहको स्थिति
आज ७ वटा उपसमूहमा वृद्धि देखिएको छ भने बाँकी घटेका छन्। फाइनान्स समूह ३.२३ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा रह्यो।












