काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारमा करेक्सन देखिएको छ। लगातार ६ दिनसम्म बढ्दै आएको नेप्से परिसूचक यस दिन २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा झरेको हो। यसअघि नेप्से ११०.५९ अंकले बढेको थियो।
सोमबार ३११ स्टकको ७१ हजार ३१३ पटकको कारोबारमा, १ करोड ९४ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबारको कारोबार रकम ९ अर्ब नाघेको थियो।
उत्कृष्ट बढोत्तरी र गिरावट
मैलुङ खोला जलविद्युत: ६.५६% वृद्धि (सबैभन्दा धेरै)
कर्पोरेट डेभलपमेन्ट बैंक: ६%भन्दा बढी वृद्धि
भगवती हाइड्रोपावर: करिब ४% वृद्धि
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन: १०% गिरावट (सबैभन्दा धेरै)
सर्वाधिक कारोबार कम्पनीहरू
नेपाल पुनर्बीमा कम्पनी: ८० करोड ७० लाख रुपैयाँ
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स: ४१ करोडभन्दा बढी
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट: २४ करोडभन्दा बढी
उपसमूहगत स्थिति
१३ मध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको बढेको छ।












