काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ९.१९ अंकले बढेर दुई हजार ६३३१.४८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम भने घटेको छ । कूल १ करोड ४१ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज १४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०३ कम्पनीको मूल्य घटेको छ।
आज राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै कारोबार साहस ऊर्जा लिमिटेडको भएको छ । सो कम्पनीको मात्र ३६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।












