काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो अंकले घट्दै ०.२२ अंकको गिरावटसहित २६०० विन्दुमा थामिएको छ।
सप्ताहको पहिलो दिन आइतबार ९ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार साढे ६ अर्ब र मंगलबार झरेर ५ अर्ब ७५ करोडमा सीमित भएको छ।
आजको कारोबारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर घटेको छ।
सबैभन्दा बढी लाभ कमाउनेमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेड परेका छन्, जसको सेयर मूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ।
यता, सर्वाधिक गिरावट एनआईसी एशिया डेभेञ्चर २०८५/८६ मा देखिएको छ, जसको मूल्य ५ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसको सेयर साढे २७ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भयो। लगानीकर्तामा पुनः बजार स्थिरता र कारोबार सुधारको अपेक्षा कायमै छ।












