काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर २६०० दशमलव ७६ को विन्दुमा पुगेको छ ।
आज ३२५ कम्पनीको ७० हजार ८३१ पटकको कारोबारमा एक करोड ७५ लाख ८७ हजार ०३६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ रहेको छ ।
सोमबार १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत्मा लगानीकर्ता झुम्मिएका छन् ।












