काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज बजार ९.७५ अंकले बढेर २६९८.९७ को विन्दुमा बन्द भएको हो ।
उक्त दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, राधी विद्युत कम्पनीको ५० करोड ७२ लाख १० हजार रुपैयाँ, बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख ७४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख ५५ हजार रुपैयाँ र हिमालयन पावर पार्टनरको ३१ करोड ५७ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।