काठमाडौं । बुधबार नेपाली शेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा देखिएको सकारात्मक वातावरणले लगानीकर्ताहरुको सक्रियतालाई ईंगित गरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ एण्डेक्स २.५५ अंकले बढेर ४५९.०३ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये दुईवटामा मात्र्र रातो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयरको करोबार बाट ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेड प्रोमोटर शेयरको कारोबार भएको छ । बैंकको सो शेयर ८१ करोड ३६ लाख ५२ हजार १ सय रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रशितले घटेको छ ।