काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी।’
साथै, उनले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने बताएका छन्। यस प्रकृयामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने उनले भनेका छन्।